‘फलामको चिउरा चपाए जस्तो छक्का पञ्जा २’ : दीपक

लेखक, निर्माता तथा अभिनेता दिकपराज गिरीले ‘छक्का पञ्जा २’ ‘फलामको चिउरा चपाए’ जस्तो भएको बताएका छन् । ‘छक्का पञ्जा २’ ले प्रदर्शनको ५१ दिन मनाइरहंदा मध्यान्तर पछि फिल्मले लय गुमाएको र दर्शकलाई चाहेजति मनोरञ्जन न नसकेको पनि स्विकार गरेका छन् । यद्पी यति हुँदा हुँदै पनि फिल्मलाई ५१ दिन सम्म ल्याउन सहयोग गर्ने सम्पूर्णलाई दिपकले धन्यवाद दिएका छन् ।

दिपक आफ्नो फेसबुकमा लेख्छन्, ‘यस पटक हामिलाई फलामको च्यूरा चपाए जस्तो पनि भयो । सुरू देखि भिन्न भिन्न प्रकारको आक्रमण लाई झेल्दै आयौं । हामिलाई थाहा छ हाम्रो यो फिल्म १ को तुलनामा कमजोर थियो । किनकी यसको बिषय बस्तु अघिल्लो फिल्मको जस्तो सबैले बुझ्ने र सरल थिएन । यूवा बर्गको बिदेश मोह लाई उठाइएकोले सबै बर्गलाई यस्ले आनन्दित तुल्याउन सकेन ।’ उनी थप्छन्,’फिल्म मध्यान्तर अघि पूर्ण मनोरनज्नात्मक बने पनि त्यसपछि कथा बाचन शैली कठिन हुन गएकोले सोचे जत्तिको खुराक उपलब्ध गराउन सकिएन होला ।’ दिपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा २’ ले हालसम्म साढे पन्ध्र कारोडको व्यापार गरेको रिपोर्ट छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha