होचा कलाकार दिपेन शाहको निधन

होचा कलाकार दिपेन शाहको निधन भएको छ । १९ वर्षिय शाहको बिहिबार करिब ९ बजे ईमाडोलस्थित किष्ट मेडिकल कलेजमा निधन भएको कलाकार गोपाल ढकालले जानकारी दिए । उनको पार्थिव शरीरलाई अहिले चावाहिलस्थित चलचित्र विकास वोर्डको प्रांगणमा राखिएको छ ।

घरका कान्छा छोरा स्व.शाह कक्षा दशमा अध्ययनरत थिए । उनले झ्यानाकुटी झ्याई सहित अन्य केही टेलिफिल्ममा अभिनय गरेका थिए । कलाकार महादेव त्रिपाठीसँग मिलेर उनले विभिन्न स्टेज कार्यक्रमहरु गर्दै आइरहेका थिए । उनको उपचारको लागि सहयोग संकलन पनि गरिएको थियो । कलाकार शाहप्रति हार्दिक श्रद्धाञ्जली !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha