दयाहाङ्ग बन्ने भए ‘भैरे’, बर्षाको रोमान्स बुद्धिसँग

दयाहाङ्ग राई, सुनिल थापा, विक्रान्त बस्नेत, बर्षा सिवाकोटी र सुरक्षा पन्तको मुख्य भूमिका रहने फिल्म भैरे को औपचारिक निर्माणको घोषणा गरिएको छ । एभरेष्ट सुर्य बोहराले निर्देशन गर्ने फिल्मको बिहिबार राजधानीमा प्रेसमिट गर्दै पुजाआजा समेत गरियो ।

काठमाण्डौ, पोखरा र मुस्ताङ्गमा छायांकन हुने यो फिल्मको छायांकन मंसिर ४ गतेबाट शुरु हँदैछ । छायाँकन तालिका चालिस दिनको राखिएको छ । प्रेसमिटमा बोल्दै निर्देशक बोहराले आफुले भन्दा बढि आफ्नो कामले बोल्ने बताए । ’मैले भन्दा बढि मेरो कामले बोलोस् । मेरो कामलाई हेरेर यहाँहरुले मुल्यांकन गर्नुहुनेछ’, बोहराले भने । फिल्मको कथा भने निर्देशक बोहोराले गोप्य नै राखेका छन् ।

फिल्मका मुख्य पात्र अभिनेता दयाहाङ्ग राईले चलचित्रको कथावस्त’ राम्रो रहेको भन्दै बाँकी चलचित्र रिलिज भएपछि नै बोल्ने बताए . नायिका स’रक्षा पन्तले चलचित्रको स्क्रिप्ट पढ्दा एकदमै मज्जा आएको बताईन् . उनले राम्रो टिमबाट राम्रो चलचित्र बन्ने विश्वासले आफ’ले अभिनय गर्न राजी भएको बताईन् . त्यस्तै, अर्की नायिका बर्षा सिवाकोटीले चलचित्रको कथा अत्यन्त राम्रो र रमाइलो रहेको बताईन् . संगीतकार, गायक तथा ’भेरै’का सह(निर्माता यम बरालले चलचित्र उद्योगलाई केहि योगदान गर्न सक्छौँ भन्ने ध्येयले चलचित्रमा लगानी गरेको बताए .

नेपालय सिनेमा इन्टरनेशनल प्रा.लि.को ब्यानरमा बन्ने ’भैरे’ का निर्माता प्रेम प्रसाद पौडेल हुन् । देवि माया अधिकारी कार्यकारी निर्माता हुन् भने यम बराल, लेख बहाद्र गुरुङ् (डेनिम) र रघु पुरी सह निर्माता रहेका छन् । चलचित्रमा दयाहाङ्ग राई, सुनिल थापा, सुरक्षा पन्त, बिक्रान्त बस्नेत, बर्षा सिवाकोटी, बुद्दि तामाङ्ग, अर्जुन गुरुङ्, जान्वी बोहरा, जयनन्द लामा, अनुभव रेग्मी, कञ्चन ठक’री लगायतको अभिनय रहनेछ ।

पुरुषोत्तम प्रधानले छायांकन गर्ने भैरे को कथा निर्देशक बोहराले नै लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र दिनेश न्यौपानेको रहेको छ । आगामी तीजमा रिलीज लक्ष्य रहेको ’भैरे’मा बसन्त सापकोटा, अर्जुन पोखरेल तथा यम बरालको संगीत रहनेछ । कविराज गहतराजको नृत्य निर्देशन तथा स’र्य थोकर र चन्द्र पन्तको द्वन्द्व निर्देशन रहनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha