दर्शकमाझ सौगात र वेनिशाको ‘झ्यानाकुटी’

अभिनेता सौगात मल्ल र नायिका वेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘झ्यानाकुटी’ मंसिर १ गते देखि अल नेपाल प्रदर्शनमा आएको छ । नायिका निशा अधिकारीले निर्माण गरेको फिल्मलाई सिमोश सुनुवारले निर्देशन गरेका हुन् । प्रोमोबाटै सौगात र वेनिशाले दर्शकको मन जितेका छन् भने सार्वजनिक फिल्मका दुई गीतहरुले पनि दर्शकले मन पराएका छन् ।

अर्को तर्फ सौगात मल्ल अभिनित फिल्म ‘फाटेको जुत्ता’ को सफलता पनि निशाको ‘झ्यानाकुटी’ लाई फाइदा पुग्न सक्छ । एकल नेपाली र प्रतिक्षित बलिउड तथा हलिउड फिल्म रिलिजमा नआउँदा निशाको फिल्मले मल्टिप्लेक्समा पनि राम्रो शो संख्या पाएको छ । ट्रेलर र झ्यानाकुटी पोजका कारण फिल्म प्रतिक्षामा छ । सौगात र वेनिशासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

‘झ्यानाकुटी’ टिमसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha