निर्देशक र नायकको सहकार्यमा भित्रियो महंगो क्यामेरा

निर्माता तथा निर्देशक दिपेन्द्र के.खनालले नेपालमा महंगो क्यामेरा भित्र्याएका छन् । नायक सुरज पाण्डे र खनाल मिलेर रेड 8के हेलियम सेन्सर जडित क्यामेर भित्र्याएका हुन् । फिल्म ‘लभ लभ लभ’ पछि निर्देशक र नायकले क्यामेरा खरिदमा सहकार्य गरेका हुन् ।


‘क्यामेरा र लेन्स सहित एक करोड बढी पर्यो’, बिहिबार गहना पोखरीस्थित कार्यालयमा सञ्चारकर्मीलाई स्वागत गर्दै निर्देशक खनालले भने, ‘सुरुमा कुन फिल्म खिच्ने भन्ने चाहिं पक्का छैन ।’ यति महंगो क्यामेराको आवश्यकता चाहिं किन त ? निर्देशकको बुझाई छ, ‘फिल्म हेर्ने शैली, उच्च प्रविधि जडित सुविधा सम्पन्न फिल्म हल र अन्र्तराष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली फिल्मले पाएको सफलतालाई मध्यनजर गर्दै आगामी दिनहरुमा नेपाली फिल्म अझै प्रतिस्पर्धी तथा उच्च गुणस्तरिय हुनु पर्ने आवश्यकतलाई महसुश गरेर हामीले रेड ८के हेलियम सेन्सर जडित क्यामेर भित्र्याएका हौं ।’

उसो त निर्देशक खनालले नै नेपालमा पहिलो पटक थ्रीडि फिल्म भिजिलान्ते बनाएका थिए भने उनैले पहिलो पटक रेड ८के हेलियम सेन्सर जडित क्यामेर पनि नेपालमा भित्र्याएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha