‘सुपर गोर्खे’ मा रोमान्टिक ऋचा, यो हो प्रदर्शन मिति

नायिका ऋचा सिंह ठकुरीले निर्माण गरेको फिल्म ‘सुपर गोर्खे’ मा समावेश ‘तिमी नै हौं’ बोलको रोमान्टिक गीतको भिडियो रिलिज भएको छ । तारा प्रकाश लिम्बुको संगीत, ज्ञानेन्द्र ताम्लिङको शब्द रहेको गीतमा गायिका रजनी रिमाललाई संगीतकार लिम्बुले साथ दिएका छन् । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियो यस्तो बनेको छ :

राज थापा निर्देशित फिल्म ‘सुपर गोर्खे’ मा ऋचा सिंहसँगै सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द्र क्षेत्री सचिन केसी, कामना भुजेल, भानुदेव विष्ट, उत्तम विष्ट, विनय दाहाल, सन्तोषी श्रेष्ठ र राज थापाको अभिनय रहेको छ ।किरण माईकलको लेखन रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन् भने द्धन्द्ध निर्देशन चन्द्र पन्तको छ ।

निर्माताको रुपमा ईश्वरी सिंह ठकुरी, रामकृष्ण र सुदिपजंग थापा रहेका छन् । विवाहपछि ऋचा सुपर गार्खे लिएर दर्शकमाझ आएकी हुन् । फिल्म मंसिर २९ देखि देशभर लाग्दैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha