‘फिर्के’ गीतमा ईकुलाई कति सुहायो गलबन्दी ?

’ईकु’ अर्थात् कलाकार सुलेमान शंकरले निर्माण गरेको फिल्म ’फिर्के’ को पहिलो गीत सार्वजनिक भएको छ । सुवास भुषालको संगीत, लेखु सहयात्रीका शब्द रहेको ’चट्टै’ बोलको गीतमा रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर छ । गीतको भिडियोमा सुलेमान शंकर ’ईकु’ र नव-नायिका क्रिष्टिना पौडेलको नृत्य रहेको छ । गीतमा कबिराज गहतराजको कोरियोग्राफी रहेको भिडियो यस्तो बनेको छ :

पौष १४ गते रिलिज हुने ’फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मलाई २७ बर्ष कला क्षेत्रमा रहेर काम गरेका रवि डंगोलले निर्देशन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha