प्रचण्ड पुत्रको निधनमा दुःखी फिल्मकर्मी, नर्भिकमा रेखा

पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको असमायिक निधनमा नेपाली फिल्मकर्मीले दुःख व्यक्त गरेका छन् । स्व.प्रकाशप्रति श्रद्धा सुमन व्यक्त गर्दै शोकाकुल परिवारलाई समवेदना प्रकट गर्दै थुप्रै फिल्मकर्मी सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरेका छन् ।

तस्बिर : दिल निशानी मगर 

दाहाल परिवार निकट नायिका रेखा थापा आफ्नो फेसबुकमा लेख्छिन्, ‘प्रकाश दाहालको अल्पायुमै असमायिक निधनले स्तब्ध भएको छु ।’ रेखा प्रकाशको पार्थिव शरीरलाई हेर्न नर्भिक अस्पताल पुगेकी छिन् । यस्तै अभिनेत्री करिश्मा मानन्धरले नयाँ शक्ति प्रमुख डा.बाबुराम भट्टराईको फेसबुक स्टाटस सेयर गर्दै लेखेकी छिन्, ‘श्रद्धाञ्जली !’

संगीतकार चेतन सापकोटाले सामाजिक सञ्जालमा यस्तो लेखेका, ‘आदरणीय अध्यक्ष प्रचण्डको एकमात्र छोरा प्रकाश दाहाल को असामयीक निधनले स्तव्ध तुल्याएको छ देश उत्सवमा अघि बढेको बेला उक्त घटनाले सबैमा पिडाको अवस्था आएको छ । मेरा मिलनसार दाजु क. प्रकाशप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष प्रचण्ड र सम्पूर्ण परिवार प्रति धैर्य धारणा गर्ने शक्ति प्राप्त होस् ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha