मिस वर्ल्डमा नेपाल सुन्दरी चन्दकले के पाइन् ?

चीनमा सम्पन्न मिस वल्र्ड २०१७ को उपधी छिमेकी मुलुक भारतकी मानुषी छिल्लरले जितेकी छिन् । १७ वर्ष पछि भारतले सिम वल्र्डको उपधी जितेको हो । यो सँगै उसले छैटौं पटक मिस वर्ल्डको उपधी जितेको छ । पछिल्लो पटक भारतबाट प्रियंका चोपडाले मिस वल्र्डको उपधी जितेकी थिइन् । नेपाल सुन्दरी निकिता चन्दकले चाहिं मिस वर्ल्डमा सहभागी भएर के पाइन् त ?

नेपालकी सुन्दरी निकिता चन्दक भने उत्कृष्ट ४० मा पर्न सफल भइन् । उनी, पपलुर विधाको उत्कृष्ट १० मा पनि पर्न सफल भएकी थिइन् । मानुषीको जन्म सन् १९९७ मे महिनाको १४ तारिखमा भएको हो । ६७ औं मिस वर्ल्डको ताज मानुषीले लगाउँदा फस्ट रनरअप मेक्सिकोकी एन्ड्रेया मेजा र सेकेन्ड रनरअप वेलायतकी स्टेफेनिया हिल भइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha