रिलिज देखि नै १ नम्वरमा ‘लुट २’

पाइरेसी लगत्तै फिल्म ‘लुट २’ युटुवमा सार्वजनिक भएको छ । गत दुई दिन अगाडी रिलिज भएको फिल्म ‘लुट २’ दिनदेखि नै युटुवको ट्रेन्डिङ नम्वर एकमा बसिरहेको छ । फिल्मलाई सोमबार ११ बजेसम्म १६ लाख ८२ हजार बढीले हेरिसकेका छन् । बीस हजार बढी प्रतिक्रिया आएको फिल्ममा २ हजारले त लाईक मात्रै छन् । एक हजारले डिसलाईक गरेका छन् । पुरा फिल्म हेर्नुस् :

सार्वजनिक प्रदर्शनमा मिश्रित प्रतिक्रिया पाएको ‘लुट २’ ले युटुवमा भने प्रशंसा नै पाएको छ । विशेष गरी सौगात मल्ल ‘हाकु काले’को अभिनयलाई दर्शकले मन पराएका छन् । निश्चल बस्नेत निर्देशित फिल्ममा सौगात सँगै दयाहाङ राई, ऋचा शर्मा, सृजना सुब्बा, एलिशा राई लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha