‘पद्यमावती’ पोस्टपोन्ड

सञ्जय लिला भन्सालिको फिल्म ‘पद्यमावती’ को प्रदर्शन मिति स्थगन भएको छ । इतिहासको गलत व्याख्या भन्दै विभिन्न समुदायले बिरोध जनाएपछि डिसेम्वर १ को फिल्मको प्रदर्शन मिति स्थगन हुन गएको हो । पद्यमावती को प्रदर्शन मिति निर्माण पक्षले तोकि नसकेको भारतिय मिडियामा उल्लेख छ ।

निर्देशक तथा निर्माता भन्सालीले भने पटक पटक फिल्मले इतिहासलाई बङग्याउने गरी फिल्म नबनाइएको बताउँदै आइरहेका छन् । इतिहासको गलत व्याख्याका कारण क्षेत्रीय र राजपूत समुदायको भावना माथि आहत पुर्याउन सक्ने भन्दै भाजपाले तत्कालका लागि फिल्म प्रदर्शन गर्न नहुने बताएको भारतीय मिडिया उल्लेख छ । फिल्ममा दीपिका पादुकोण रानी ‘पद्यमावती’को भूमिकामा छिन् । नायक द्वाय शाहिद कपुर र रणभीर सिंहको पनि फिल्ममा मुख्य भूमिका छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha