७ हजार नेपाली काम गर्ने कम्पनीमा धुर्मुस सुन्तली

एकिकृत नमुना सन्तपुर बस्ती निर्माणको सहयोगार्थ कलाकारद्वाय सिताराम कट्टेल र कुञ्जना घिमिरे दम्पत्ती धुर्मुस सुन्तली साँझको लागि साउदीमा छन् । कार्यक्रमसँगै उनीहरु त्यहाँका विभिन्न स्थानमा भ्रमण तथा अवलोकन पनि गरिरहेका छन् ।


यस्तैमा धुर्मुस र सुन्तलीले साउदीको अल्माराई कम्पनी अन्तर्गतको दूध डेरी र बेकरी उद्योग अवोलकन गरेका छन् । जुन कम्पनीमा ७ हजार नेपाली कार्यरत छन् । कम्पनीको अवलोकन गरेपछि सामाजिक अभियान्ता सिताराम लेख्छन्, यस्ता ठुला ठुला उद्योग देशमा नै खोल्न पाए सबै नेपालीले आफ्नै देशमा रोजगारी पाउने थिए । आफ्नै परिवार सँग रमाउने थिए । आफ्नै माटोमा पसिना बगाउने थिए । आशा गरौं त्यो दिन छिटै आउने छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha