मैथिलिमा पनि ‘राज्जा रानी’

फिल्म ‘राज्जा रानी’ नेपाली र मैथिलि भाषामा पनि प्रदर्शन हुने भएको छ । यो सँगै फिल्म अन्य मुलुकमा समेत प्रदर्शन हुँदैछ । आर्यन फिल्मस ब्यानरका रमेश एमके पौडेल र भोर कम्पनी प्रा.ली का सीईओ राज कुमार महतोबिच २० लाख रुपैयाँमा यस प्रकारको सम्झौता भएको हो ।  नेपालमा फिल्म आगामी पुष २१ देखि लाग्दैछ ।


यम थापा निर्देशित राज्जा रानी मा नाजिर हुसेन र केकी अधिकारीको मुख्य भूमिका रहेको छ । उनीहरुसँगै लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य लगायतको अभिनय छ । ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, चन्दन दत्तको सम्पादन एवं विक्रम स्वारको नृत्य निर्देशन रहेको छ । चिप्पक चिप्पक गीत हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha