साम्राज्ञीलाई दश लाखको भार

नायकहरुको पारिश्रमिकको चर्चा भैरहंदा पछिल्लो समय नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह पनि फिल्ममा लिएको पारिश्रमिकका कारण चर्चामा आएकी छिन् । नायक आर्यन सिग्दलले बनाउन लागेको फिल्म ‘कायरा’ मा साम्राज्ञीले लिएको दश लाख पारिश्रमिक बाट उनको चर्चा भएको हो ।


सम्भवतः साम्राज्ञी दश लाख पारिश्रमिकमा फिल्म खेल्ने पछिल्लो पुस्ताकी पहिलो नायिका हुन् । त्यसैले उनलाई दबाब पनि गहिरो नै छ । दश लाख पारिश्रमिक लिएर काम गरेको फिल्म सुपरहिट हिट त हुनै पर्यो । सायद त्यसैले होला साम्राज्ञीको ‘फोकस’ यतिबेला ‘कायरा’ मा मात्रै छ । भिडियो हेर्नुस् :

आर्यनको फिल्म साइन गरेपछि साम्राज्ञीले एक बर्षका लागि अन्य फिल्म नखेल्ने निर्णय लिएकी छिन् । फिल्मका लागि प्रस्ताव गर्ने निर्माता र निर्देशकलाई उनले भेट समेत गरेकी छैनन् । ‘तिमी’ सँग रिलिजको पर्खाइमा रहेकी साम्राज्ञीले ‘कायरा’ पछि ‘ईन्टु मिन्टु लण्डन’ मा को बाँकी छायाँकन सक्नेछिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha