डिजाइनरको जन्मदिनमा करिश्मादेखि सुस्मासम्म

अरु को-को थिए (फोटो ग्यालरी)

कलाकार, कोरियोग्राफर तथा फेसन डिजाइनर अनुपम श्रेष्ठको जन्मदिनमा सेलिव्रेटीहरुले रमाइलो गरेका छन् । अभिनेत्री करिश्मा मानन्धर, अभिनेता रमेश उप्रेती, नायिका सुस्मा कार्की, पूजा शर्मा, रिमा विश्वकर्मा जस्ता सेलिव्रेटीहरु सनिबार साँझ श्रेष्ठको नयाँ बानेश्वर निवासमा पुगेका थिए ।

यस्तै निर्देशक सुदर्शन थापा, नायक आमेश भण्डारी, कलाकार विल्सन विक्रम राई, अनुरागमान सिंह कुँवर, नृत्य निर्देशक कमल राई, निर्देशक गोविन्द राई, मेकअप आर्टटिस्ट सोफी सुनार लगायत अनुपम उर्फ हट्टी नट्टीको जन्मदिनमा उपस्थित थिए । अनुपमलाई उनको परिवारले जन्मदिनमा पाँच लाख पचपन्न हजार पाँच सय पचास रकम बराबरको चेक उपहार स्वरुप दियो ।

जन्मजात छोरा भएपनि छोरीको भावना बोकेका अनुपमले उक्त रकम आफु जस्तै सहमकर्मीको सहयोगमा खर्च गर्ने बताए । उनले ‘म त तिम्रै हुँ’ र ‘तिमी सँग’ फिल्ममा कलाकार र फेसन डिजाइनरको रुपमा काम गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha