दिपाश्रीको सिउँदोमा सिन्दुर, तर कसको नामको ?

अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला अविवाहित छन् । तर उनको सिउँदोमा भने सिन्दुर देखिएको छ । सिउँदोमा सिन्दुर लगाएका तस्बिरहरु रमाईलो छ डटकमलाई प्राप्त भएका छन् । आखिर दिपाश्रीले कसको नामको सिन्दुर लगाइन् होला त ?

धेरै नसोच्नुस्, दिपाश्रीले अभिनेता हरिवंश आचार्यको नाममा सिउँदोमा सिन्दुर लगाएकी हुन् । तर वास्तविक जीवनमा होइन्, पर्दाको जीवनमा मात्रै । फिल्म ‘सत्रुगते’ मा दिपाश्री अभिनेता आचार्यको श्रीमतीको भूमिकामा प्रस्तुत भएकी छिन् । मदनकृष्ण श्रेष्ठको अपोजिटका कलाकार बसुन्धरा भूषाल छिन् । फिल्मको यतिबेला राजधानीमा छायाँकन चल्दैछ ।

मह सञ्चार र कलाकार किरण केसीको प्रस्तुती रहेको ‘सत्रुगते’ मा मह जोडीदेखि दिपक, दिपा, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायत कलाकारहरुको अभिनय रहेको छ । केही सातामा फिल्मको छायाँकन सकिनेछ । जम्बो कलाकारको टोली रहेको फिल्म चैत ९ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मलाई प्रदीप भट्टाईले निर्देशन गर्दैछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha