साईत हेराएर ‘सुपर गोर्खे’ पोस्टर रिलिज

मंसिर २९ देखि प्रदर्शनमा आउने फिल्म ‘सुपर गोर्खे’ को पोस्टर सार्वजनिक गरिएको छ । साइत हेराएर बिहिबार सवा ११ बजे फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा गुड, व्याड र अग्ली म्यानहरुलाई प्रस्तुत गरिएको छ । नायिका ऋचा सिंह ठकुरी भने पोस्टरमा छैनन् ।

नायिका ठकुरीले निर्माण गरेको ‘सुपर गोर्खे’ लाई राज थापाले निर्देशन गरेका हुन् । अविर हाउस प्रोडक्सनमा बनेको फिल्मले दैवी शक्ति बिना समाजका शक्तिशाली व्यक्तिहरुको कथा बताउँछ । फिल्मको कथालाई मध्यनजर गर्दै समाजका केही शक्तिशाली व्यक्तिलाई सम्मान गर्ने योजना समेत निर्माण पक्षले बनाएको छ । गीत हेर्नुस् :

तारा प्रकाश लिम्बुको संगीत रहेको फिल्ममा सौरभ लामाको छायाँकन छ । फिल्ममा ऋचासँगै सुरजसिंह ठकुरी, निराज लुईंटेल, भुपेन्द्र खत्री, सचिन केसी लगायतको कलाकारहरुको अभिनय रहेको छ । फिल्मको टिजर र एक गीत रिलिज भैसकेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha