५० लाख पारिश्रमिक सोच्न नसक्ने झरना, साम्राज्ञीको कति ?

केही दिन यता नेपाली फिल्म क्षेत्रमा कलाकारले लिएको पारिश्रमिकको चर्चा छ । झरना थापाको आगामी फिल्ममा युवा स्टार अनमोल केसीलाई गरिएको पचास लाखको अफर गरेको खबर भाइरल बन्यो । यता नायक आर्यन सिग्देलले बनाउने कायरा बाट नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले लिएको दश लाख पारिश्रमिक पनि चर्चा को विषय बन्यो । यस विषयमा के भन्छन् त झरना र साम्राज्ञी ? यो भिडियो हेर्नुस् :

झरनाले अनमोललाई पचास लाखको अफर नगरेको बताएकी छिन् । बुधबार त्रिभुवन विमानस्थलमा झरनाले भनिन्, पचास लाख सोच भन्दा परको कुरा हो । फिल्मको लगानीको आधा म अनमोललाई दिन सक्दिंन । साम्राज्ञी भने नायक सिग्देलले बनाउने फिल्मबाट लिएको पारिश्रमिक बारे चुप छिन् । पारिश्रमिक बारे सोध्दा साम्राज्ञी भन्छिन्, ‘आर्यन दाईले केही भन्नु भएको छैन भने मैंले पनि भन्न मिल्दैन् । मेरो पारिश्रमिक कति हो कहिल्यै पनि खुलासा गरेको छैन।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha