‘ह्याप्पी न्यू ईयर’ ट्रेलर रिलिज

पुष १४ गते प्रदर्शनमा आउने फिल्म ‘ह्याप्पी न्यू ईयर’ को प्रोमो रिलिज गरिएको छ । बिहिबार प्रेसमिट गर्दै फिल्मको प्रोमो र अडियो लञ्च गरिएको हो । देवकुमार श्रेष्ठ निर्देशित फिल्ममा कुशल थापा र सन्ध्या केसीको मुख्य भूमिका रहेको छ । प्रोमो हेर्नुस् :

रति थापाको निर्माण रहेको ‘ह्याप्पी न्यू ईयर’ मा विनोद ढकाल, टंक बुढाथोकी र किरण माईकलको संगीत छ । लभ स्टोरी फिल्मको सम्पूर्ण छायाँकन अष्ट्रेलियामा गरिएको हो । फिल्मलाई वेञ्जामिन ड्रेले खिचेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha