यही सालमा साम्राज्ञीको ‘तिमी सँग’

लामो पर्खाइ र छलफल पछि साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित फिल्म ‘तिमी सँग’ यही सालको अन्त्यतिर रिलिज हुने भएको छ । निर्माता तथा निर्देशक शिशिर राणाले चैत २३ गतेलाई फिल्मको प्रदर्शन मिति पक्का गरेका छन् ।

‘यो नै अन्तिम फाइनल डेट हो’, निर्माता तथा निर्देशक राणाले भने, ‘सम्पादनको काम पनि सकिएको छ । अब प्रचार प्रचारमा लाग्छौं ।’ ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ पछि साम्राज्ञी तेश्रो फिल्ममा पनि सोलो नायिकाको रुपमा प्रस्तुत भएकी छिन् । उनीसँगै नायकद्वाय आकाश श्रेष्ठ र नाजिर हुसेनले पनि फिल्ममा मुख्य भूमिका छ । फिल्मको टिजर र दुई वटा गीतहरु रिलिज भैसकेका छन् । साम्राज्ञीको जन्मदिनको रमाईलो भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha