शो बढाउँदै दोश्रो सातामा निशाको ‘झ्यानाकुटी’

निशा अधिकारीले निर्माण गरेको फिल्म ‘झ्यानाकुटी’ प्रदर्शनको दोश्रो सातामा प्रवेश गरेको छ । मल्टिप्लेक्समा शो संख्या बढाउँदै ‘झ्यानाकुटी’ दोश्रो सातामा पनि देशभर लागिरहेको छ ।

पहिलो साता फिल्मको व्यापार सुखद भएपछि निशा दंग छिन् । ‘नेपालबाटै लगानी उठ्छ भन्ने विश्वास छ’, निशा भन्छिन्, ‘पहिलो साताको व्यापारबाट खुसी छु ।’ दर्शक प्रतिक्रियाका कारण फिल्मले ‘पिकअप’ लिइरहेको निशा बताउँछिन् । तीन दिनमै फिल्मले एक करोड ग्रस कलेक्सन गरेको थियो । दर्शक प्रतिक्रिया हेर्नुस् :

फिल्मलाई सिमोश सुनुवारले निर्देशन गरेका हुन् भने सौगात मल्ल र वेनिशा हमालको मुख्य भूमिका रहेको छ । फिल्मले एक दम्पत्तीको पारिवारीक कलह र प्रेम लाई देखाएको छ । सौगात र वेनिशा सँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha