धमला पत्नीको ‘अनुराग’ पोखराबाट सुटिङ सुरु

नयाँ नायक अनुबन्धन गर्दै ऋषि धमला पत्नी एलिजा गौतमले निर्माण गरेको फिल्म ‘अनुराग’ को छायाँकन सुरु भएको छ । जनकपुरमा शुभमुहर्त गरेर फिल्मको शुक्रबारदेखि पोखराबाट छायाँकन सुरु गरिएको हो । सत्यराज चौलागाईंले निर्देशन गर्ने फिल्ममा एलिजाको अपोजिटमा नव नायक समुन्द्र पण्डित छन् ।

प्रेसमिटमा मोडल दिपक घिमिरेलाई ‘अनुराग’को नायक भनेर परिचय गराइएको थियो । दिपक फिल्मबाट बाहिरिएपछि नायक पल शाहलाई अनुबन्धन गर्ने खबर सार्वजनिक भयो । ‘धमला पत्नीसँग पलको रोमान्स’ भन्ने खबर हल्लामा मात्रै सिमित रह्यो । मोडल तथा नायक फिल्ममा नहुने भएपछि अन्तिम समयमा नव नायक अनुरागमा समुन्द्र पक्का भए । एलिजा गौतमसँग गरिएको रमााईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha