‘छक्का पञ्जा’ हेर्दा ऋचालाई उठ्यो रिस, टिमले लेखे ‘गेट वेल सुन’

फिल्म ‘छक्का पञ्जा’ ले नारीलाई शोषण गरेको आरोप नायिका ऋचा शर्माले लगाएकी छिन् । नारीलाई थप्पड हान्दा हलमा ताली बजाउने दर्शकदेखि आफुलाई रिस उठेको ऋचाले हालै राजधानीमा सम्पन्न एक गोष्ठीमा बताएकी हुन् ।

‘सबैजना रमाईलो मानिरहेका थिए । तर म चाहि आफुलाई मुर्ख जस्तै ठानिरहेको थिए’, ऋचाले भनेकी छिन् । ऋचाको यो भनाईलाई लिएर ‘छक्का पञ्जा’ टिम बिरोधमा उत्रिएको छ । फिल्मका सदस्यहरु निर्देशक दिपाश्री निरौला, लेखक तथा निर्माता दिपकराज गिरी, नायिका प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का लगायतले आफ्नो फेसबुकमा ऋचालाई लक्षित गर्दै यस्तो लेखेका छन् :

‘एक जना नायिकाले हाम्रो चलचित्र हेरेर तालि बजाउने दर्शक लाई मूर्ख भन्नु भएछ । प्रिय नायिका ज्यू दर्शकलाई मुर्ख भन्नु भएकोले नै तपाईका फिल्मले कहिल्यै दर्शक पाएनन् । Get Well Soon !’ ऋचाले बोलेको भिडियो हेर्नुस् : 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha