मिलाप सम्मानमा राजेश पायलले के पाएनन् ?

नेपाली गायनका मेगास्टार राजेशपायल राईलाई ‘मिलाप सम्मान’ गरिएको छ । उनलाई आइतबार एक विशेष कार्यक्रमबीच मिलाप सम्मान गरिएको हो । सम्मान कार्यक्रममा यी नेपाली गायनका मेगास्टारले भने, ‘मैले सबै थोक पाएँ । तर जीवनमा एकथोक पाउन सकेको छैन ।’ राजेशपायलको यस्तो संकेत विवाह तिर रहेको बुझ्न सकिन्छ । हालसम्म उनी अविवाहित नै छन् ।


हालै मात्र अमेरिकामा सम्मानित भएका राजेश पायललाई त्यसै सन्दर्भमा मिलाप म्यागजिनले सम्मान गरेको हो । नेपाली गायनमा उनी ‘राई इज किङ’ हुँदै ‘मेगास्टार’ को रुपमा चर्चित छन् । राई ईज किङलाई अमेरिकाको रोचेस्टर सिटीले सम्मान गर्दै ‘अन्तर्राष्ट्रिय पप गायक’ को उपाधि दियो । राजेशपायलको नाममा प्रत्येक ५ नोभेम्बर ५ लाई ‘राई इज किङ’ को नाममा फेस्टिवल मनाउने घोषणा समेत गरेको छ । यो आम नेपालीका लागि खुसी खबर हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha