कहिले बज्ला बिहेको बाजा ?

मंसिर, लगनको महिना हो । लगनको महिना पारेर हामीले केही अविवाहित प्रेम जोडी र सिङगल सेलिव्रेटी बारे छोटो चर्चा गरेका छौं । कहिले बज्ला त बिहेको बाजा ?


प्रियंका कार्की र आयुष्मान देशराजको जोडी फिल्म वृत्तको चर्चित प्रेम जोडी हो । केही समयदेखि प्रेममा रहेका प्रियंका र आयुष्मानले बिहे गर्ने बताउँदै आएपनि मिति भने तोकेका छैनन् । उनीहरु एक अर्काको परिवारसँग परिचित छन् । नम्रता श्रेष्ठ र दावा स्टेभन शेर्पा ओपन रिलेशनसिपमा रहेपनि बिहे बारे केही पनि बोलेका छैनन् । सम्भवतः उनीहरु आफ्नो बिहे हुन सक्नेमा ढुक्क छैनन् । त्यसैले मौन छन् ।

बर्षा राउत र संजोग कोईराको जोडीलाई उदाहरणिय जोडीको रुपमा हेरिन्छ । उनीहरु आफ्नो प्रेम र बिहे बारे मिडियामा खुलेर कुरा गर्दछन् । उनीहरु सम्भवतः छिट्टै बिहे गर्नेछन् । तर यही साल  भने उनीहरुको बिहे नहुन सक्छ । कारण, संजोग व्यावसाय र बर्षा फिल्ममा व्यस्त छिन् ।

गहिरो प्रेममा रहेका सौगात मल्ल र सृष्टि श्रेष्ठ पनि बिहे गर्ने मनस्थितिमाा छन् । सौगात चाँडो बिहे गर्ने सोचमा छन् । तर सृष्टि करिअर लाई अगाडी बढाएर बिहे पछि गर्ने सोचमा छिन् ।

संयम पुरी र आश्मा डिसी रजतपटका ‘क्युट कपल’ हुन् । उनीहरुको प्रेम बारे परिवार पनि जानकार छ । नायिका पूजा शर्मा, साम्राज्ञी राज्य लक्ष्मी शाह पनि रिलेसनसिपमा छन् । तर उनीहरु ओपन छैनन् । त्यसैले बिहे कहिले गर्छन् पत्तो छैनन् ।

जो एकल छन्
निर्माता छविराज ओझा सँगको सम्बन्ध बिच्छेद पछि नायिका रेखा थापा एकल छिन् । यस्तै नायिका श्वेता खड्का, ऋचा शर्मा, केकी अधिकारी, नम्रता सापकोटा, रजनी केसी, दीपिका प्रसाईं लगायत दर्जन बढी नायिकाहरु एकल छन् । उनीहरुको बिहेको बाजा कहिले बज्ला त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha