रेखा र दिपाबिच फेरी सम्बन्धमा दरार

रेखा थापा र दीपाश्री निरौलाबिच पुनः सम्बन्धमा दरार आएको छ । एकै जिल्ला विराटनगरका रेखा र दिपाश्री बिचको सम्बन्ध सुमधुर छैन भन्ने कुरा सामाजिक सञ्जालमा पोस्ट भएको हो । कसरी आयो त उनीहरुको सम्बन्धमा दरार ?

नायिका ऋचा शर्मा र ‘छक्का पञ्जा’ टिम बिच भएको आरोप प्रत्यारोपमा रेखा मिसिएपछि दिपा र रेखाबिच सम्बन्धमा दरार आएको हो । एक सञ्चारकर्मीले लेखेको स्टाटसमा नायिका थापाले ऋचाको पक्ष लिंदै ‘जोकर भन्दा माथि नउठ्ने भए’ भन्दा दिपाले रेखालाई ‘थ्याङ्क यु’ भन्दै रिप्लाई दिएकी छिन् । यसले स्पष्ट रुपमा के देखाउँछ भने रेखा र दीपाबिच सम्बन्ध सुमधुर छैन् ।

उसो त रेखा र दीपाको सम्बन्ध बेला बेला घाम र छायाँ जस्तो हुँदै आएको छ । केही साल पहिले गाईजात्रामा रेखालाई व्याङग्य गर्दै प्रहसन गरेपछि उनीहरुको सम्बन्ध चिसिएको थियो । पछिल्लो पटक बिग्रेको सम्बन्ध अब चाहि कहिले सुध्रिएला त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha