‘यस्तो लाग्छ दर्शकले नहेरिदिए हुन्थ्यो’ : ऋचा शर्मा

नायिका ऋचा शर्मा छनोट गरेर फिल्म खेल्ने नायिकामा पर्दछिन् । यद्पी केही फिल्महरु भने नचाहेरै आफुले खेल्नु परेको बाध्यता उनले खुलाएकी छिन् । कुन कुन फिल्म ऋचाले नचाहेर पनि खेल्नु पर्यो त ?

‘मैंले केही फिल्महरु पनि खेले जसको म नाम लिन सक्दिन’, किन ? ‘हामी कहिले काही पैसाको लागि पनि काम गर्छौं । र, सम्बन्ध टिकाउन पनि ।’ ऋचा थप्छिन्, ‘कहिलेकाही यस्ता फिल्महरु फ्लप भएर गएपनि हुन्थ्यो जस्तो लाग्छ । यस्तो लाग्छ कि दर्शकले नहेरिदिए हुन्थ्यो ।’ ‘टलकजं भर्सेस टुल्के’ मा निभाएको ‘फूली’ र ‘आधा लभ’ को भूमिकाले भने लामो आफुलाई लामो समयसम्म झक्झकाएको ऋचाको भनाई छ ।

ऋचाले ‘टलकजंग भर्सेस टुल्के’ बाट उत्कृष्ट नायिकाको राष्ट्रिय पुरस्कार पाइन् । तर यसै साल प्रदर्शनमा आएको उनको निर्माण र अभिनय रहेको आधा लभ सफल भएन । ‘छक्का पञ्जा’ लाई गरेको टिप्पणीबाट ऋचा अहिले चर्चामा छन् । भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha