प्रहरी पोशाकमा ‘बिराङ्गना’ शिल्पाको नृत्य

फिल्म ‘बिराङ्गना’ को हालै एक गीत छायांकन गरिएको छ । गीतमा नायक अनुप विक्रम शाही र नायिका शिल्पा पोखरेल दुवै प्रहरीको पोशाकमा प्रस्तुत छन् । गीतमा २ सय भन्दा बढि शशस्त्र प्रहरी, एक सय भन्दा बढि डान्सर र झण्डै तीन सय कोरस डान्सरको प्रयोग गरिएको नृत्य निर्देशक कविराज गहतराजको भनाई छ ।

गीतको बोल ‘तिमी पुलिस म नि पुलिस सेमसेम छ ड्युटी’ छ । गीतसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको छ । छायांकन शसस्त्र प्रहरी बल प्रधान कार्यालय, स्वयम्भुमा गरिएको हो । गीतको संगीतकार दिपक शर्मा हु्न । गीतसँगै फिल्मको सम्पूर्ण छायाँकन सकिएको छ । फिल्मको सम्पादन कार्य भैरहेकोे निर्देशक राज शहादुर सानेले बताएका छन् ।


‘बिराङ्गना’ मा अनुप र शिल्पाको अलवा धिरेन शाक्य, पृथ्वीराज प्रसाई ,प्रज्वल गिरि, प्रीया रिजाल, कृष्ण सिवाकोटी, देब तामङ, अमृत सापकोटा, अंशु थापालगायतको प्रमुख भुमिका रहेको छ । बाबुराम दास श्रेष्ठ, श्याम बहादुर थापा र रघु परियार फिल्मका निर्माता हुन् । सह-निर्मातामा देब तामाङ र सुमि चाम्लिङ राई रहेका छन् । फिल्ममा श्री श्रेष्ठको द्धुन्द र सञ्जय लामाको छायांकन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha