साम्राज्ञीलाई साइन गराउँनै मुस्किल

तपाईं नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहलाई कुनै फिल्मको लागि प्रस्ताव गर्ने योजनामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंको त्यो योजना सफल हुने छैन । साम्राज्ञी तत्काल कुनै पनि फिल्म साईन गर्ने पक्षमा छैनन् । किन त ?


किनभने साम्राज्ञीले कम्तीमा एक वर्षका लागि नयाँ फिल्म साइन नगर्ने निर्णय नै गरिसकेकी छन् । आर्यन सिग्देलको ‘कायरा’ र ‘ईन्टुमिन्टुु लण्डन’ मा पछि मात्रै साम्राज्ञीले नयाँ फिल्म साईन गर्ने बताउँछिन् । यी दुई फिल्मको छायाँकन सकेर रिलिज हुंन कम्तीमा एक वर्ष लाग्नेछ । उसो त चैत २३ मा साम्रागीको तिमी सँग पनि रिलिज हुँदैछ । अहिले त स्क्रिप्ट पनि सुन्दिंन, साम्राज्ञी भन्छिन् । यो रमाईलो भिडियो हेर्नुस् :

निर्माता सुवास गिरीले बनाउने फिल्म छाडेकी साम्राज्ञीले आर्यनको बाहेक कुनै पनि फिल्म साइन गरेकी छैनन् । साम्राज्ञीलाई आफ्नो फिल्ममा साइन गराउँन दर्जन बढी निर्माता लाइनमा छन् तर उनले समय नै दिइरहेकी छैनन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha