काँ बैमान को ‘फिर्के’ ट्रेलर (ओ माई गड)

पुष २१ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘फिर्के’ को ट्रेलर रिलिज गरिएको छ । हाँस्य कलाकार रवि ढंगोल ‘काँ बैमान’ निर्देशित फिल्मको प्रोमो पनि हाँस्य प्रधान नै छ । विशेष गरी फिल्मका संवाद रमाईला छन् । प्रोमो हेर्नुस् :

कलाकार सुलेमान शंकर ईकु निर्मित ‘फिर्के’ मा उनी सहित अर्पण थापा, ऋचा शर्मा, क्रिष्टिना पौडेल, विष्णु सापकोटा, उज्जवल भण्डारी, पुरन थापा लगायत कलाकारहरुको अभिनय रहेको छ । अभिमन्यू निरवीको लेखन रहेको फिल्मलाई रामकुमार केसीको खिचेका हुन् । ओमलाल गुरुङ र राजेश श्रेष्ठ निर्माताको रुपमा छन् । प्रेसमिटको भिडियो हेर्नुस् :

बुधबार गरिएको फिर्के प्रेसमिटमा निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्माता दिपकराज गिरी, कलाका जितु नेपाल लगायतले फिल्म सफलताको शुभकामना दिए । प्रेसमिटमा ऋचा र अर्पण दुवै उपस्थित थिएनन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha