फागुनमा क-कसको बज्दैछ ‘पञ्चेबाजा’ ?

फागुन ११ गतेलाई प्रदर्शन मिति तोक्दै फिल्म ‘पञ्चेबाजा’ को दुई फष्टलुक सार्वजनिक भएको छ । सौगात मल्ल, कर्म, बुद्धि तामाङ, सिर्जना सुब्बा र जस्मिन श्रेष्ठको मुख्य भूमिका रहेको फिल्मले,एक गाउँका तीन पात्रको कथा प्रस्तुत गर्दछ । फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।

न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा राजेश शाहीको लगानी छ । फिल्ममा प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाही लगायतको अभिनय छ । निर्देशक लामिछानेले ‘फिल्मको नाम अनुसार फिल्म पनि मौलिक बनाएको बताएका छन् । उनले यसअघि ‘धौली’ र ‘अग्नीदहन’ निर्देशन गरेका छन् । यता ‘कवच’, ‘मेरो मनको साथी’, ‘बीच बाटो’ निर्माण गरिसकेका छन् निर्माता शाहीले पनि राम्रो फिल्म बनाउन कुनै पनि कसुर बाँकी नराखेको बताएका छन् ।

सारा गुरुङ सहनिर्माता रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र विकास चौधरीको संगीत छ । यस्तै प्रदिप भारद्वाजको लेखन, हरि घले लामाको छायांकन र दीर्घ खड्काको सम्पादन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha