यी हुन् ‘हैरान’ का ह्याण्डसम ‘भिलेन’

विश्वका कान्छा नेपाली निर्देशक सौगात विष्टले निर्देशन गरेको दोश्रो फिल्म ’हैरान’ का भिलेनको लुक्स रिलिज गरिएको छ । कँराते खेलाडी समेत रहेका एमडी वसिम राजालाई ‘हैरान’ ले सार्वजनिक गरेको हो ।


‘उहाँको अभिनयले हामी सबैलाई प्रभावित बनाएको छ’ निर्माता तथा कलाकार गजित विष्ट भन्छन’ हामी झैँ दर्शकले पनि उहाँलाई रुचाउनु हुन्छ भन्नेमा ढुक्क छौ ।’ विश्कै कान्छा निर्देशकसंग काम गर्दा आफुलाई पनि रमाइलो लागेको वसिम बताउछन् । ’नेपाली फिल्ममा पहिलो काम हो’ वसिम भन्छन ‘यहाँ कलाकार र प्राविधिकले गर्ने मेहनतको सम्मान गर्छु ’ उनि नेपालीमै बोल्छन ।

फिल्ममा गजित र वसिमसंगै सत्य राज आचार्य , निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी लगायतको अभिनय रहेको छ । डबिङको अन्तिम चरणमा रहेको फिल्मलाई आउँदो बैशाखमा रिलिज गर्ने लक्ष्य निर्माण पक्षको रहेको छ । सौगातले यसअघि लभ यू बाबा निर्देशन गरेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha