हेर्नुस्, केकी र नाजिरको ‘राज्ज रानी’ ट्रेलर कस्तो छ ?

नाजिर हुसैन र केकी अधिकारी मुख्य भूमिका रहेको फिल्म ‘राज्जा रानी’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार प्रेसमिट गर्दै यम थापा निर्देशित फिल्मको प्रोमो रिलिज गरिएको हो । रमेश एम के पौडेल निर्मित राज्जा रानी पुष २१ देखि प्रदर्शनमा आउँदैछ । प्रोमो हेर्नुस् :

मैथिली भाषी युवायुवतीको प्रेम कथा रहेको ‘राज्जा रानी’ तराईका दश जिल्लाहरुमा भने मैथिली भाषामा पनि प्रदर्शन हुनेछ । पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा तारा प्रकाश लिम्बु र दीपक शर्माको संगीत छ । आर्यन पौडेल सह निर्माता रहेको फिल्मका लेखक निर्देशक थापा स्वयम् हुन् । निर्मल शर्मा फिल्मका संयोजक हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha