केकीको ठेकीमा दही, कसले खाला खोई ?

फागुन २५ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘हुर्रे’ को शिर्ष गीत रिलिज गरिएको छ । राजनराज सिवाकोटीको  स्वर तथा संगीत रहेको गीतमा मिलन अमात्यले सिवाकोटीलाई स्वरमा साथ दिएकी छन् । शब्द राजेन्द्र थापाको छ। केकी अधिकारी, राजाराम पौडेल र अंकित खड्काको नृत्य रहेको गीतमा विक्रम स्वाँरको कोरियोग्राफी छ । भिडियो हेर्नुस् :

यम थापाको लेखन तथा निर्देशन रहेको ‘हुर्रे’ मा केकी, राजाराम र अंकितसँगै अनुप विक्रम शाही , विजय वराल, संगीता नापित लगायतको अभिनय पनि रहेको छ । द याक्खा इन्टरटेनमन्टको प्रस्तुती रहेको फिल्मका निर्माता दावा शेर्पा ‘शेट्टी’ हुन् । सोनाम लामा ‘ब्लोन’ र छिरिङ्ग दोर्जे लामाको लगानी रहेको फिल्ममा सह निर्माताको रुपमा अरुण सेदाई रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha