रि-रिलिज, हलमा छैनन् नयाँ फिल्म

यतिबेला हलमा नयाँ होइन, पुराना फिल्महरु प्रदर्शनमा आइरेका छन् । चुनावी चटारोमा नयाँ फिल्म नआएपछि हलवाला प्रदर्शनमा आइसकेका फिल्महरु पुनः प्रदर्शन गर्न बाध्य भएका हुन् ।


आइतबारदेखि फिल्म ‘छक्का पञ्जा २’ पुनः प्रदर्शनमा आएको छ । क्युएफएक्स सिनेमाले यो फिल्मलाई दुई शो उपलब्ध गराएको छ । ‘फाटेको जुत्ता’ पनि शुक्रबार देखि पुनः प्रदर्शनमा आएको छ । मंसिर १ देखि ‘झ्यानाकुटी’ पनि चलिरहेको छ ।आमेश र अशिष्मासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

‘मेला’ लाई पनि केही एकल पर्दामा फेरी रिलिज गरिएको छ । यस्तै फिल्म ‘किंग’ पनि पुनः प्रदर्शनमा आएको छ । चुनाव सकिएपछि मंसिर महिनाको अन्त्यतिर बाट मात्रै नयाँ फिल्महरु प्रदर्शनमा आउनेछन् । ‘छक्का पञ्जा २’ को हल रिपोर्ट हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha