‘कान्छी’ दुई देशमा बिक्री

श्वेता खड्काले बनाएको फिल्म ‘कान्छी’ को न्युजिल्याण्ड र अस्ट्रेलियामा प्रदर्शन अधिकार बिक्री भएको छ । अस्ट्रेलियाको फोरनेशन इण्टरनेशनल प्रा.लि ले फिल्मलाई दुवै देशमा प्रदर्शन गर्ने भएको हो । श्वेताको काया फिल्मस् प्रा.ली र फोरनेशनल बिच गएको साता दुई देशमा फिल्म चलाउने सम्झौता भएको छ ।

‘कान्छी’ प्रदर्शन गर्ने मिति भने छलफल भैहेको फोरनेशन इण्टरनेशनलका विज्नेश डेभलोपमेण्ट म्यानेजर कोमल पाठकले बताए । ‘दर्शकको मागपछि हामीले कान्छी लिएका हौं’, उनी भन्छन् । आकाश अधिकारी निर्देशित फिल्ममा श्वेता र अभिनेता दयाहाङ राईको मुख्य भूमिका छ । श्वेता र दयासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

‘कान्छी’को ‘चरी चट्ट परी’ बोलको गीतले युटुवमा ४३ लाख बढी भ्युज पाएको छ । राजनरान सिवकोटीद्वारा संगीतवद्ध गीतले छोटो समयमै चर्चा पाइरहेको छ । फिल्मको प्रदर्शन मिति माघ २६ लाई तोकिएको छ । गीत हेर्नुस :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha