नयाँ वर्षमा आउने भो प्रदीपको ‘लिलिबिली’

प्रदीप खड्का स्टारर फिल्म ‘लिलिबिली’ ले आफ्नो रिलिज डेट तय गरेको छ । छायाँकनरत यो फिल्मको प्रदर्शन मिति आउँदो नेपाली सालको नयाँ वर्षलाई लक्षित गर्दै चैत ३० गतेलाई पक्का गरिएको छ । फिल्मका निर्माता तथा वितरक गोविन्द शाहीले लिलिबिलि को उक्त मिति पक्का भएको बताए ।


क्रिसमसमा ‘लिलिबिली’ को पहिलो गीत सार्वजनिक गरिने समेत शाहीले बताएका छन् । युकेका रमणीय स्थल छायाँकन भैरहेको फिल्मको पचपञ्न प्रतिशत कार्य सकिएको छ । मिलन चाम्स निर्देशित फिल्ममा प्रदीप खड्का, प्रियंका कार्की, जसिता गुरुङ, र अनुपविक्रम शाहीको मुख्य भूमिका छ ।

काफिया फिल्मस, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको फिल्म गोविन्दका अलावा सुदिप खड्का र निर्देशक चाम्सको पनि लगानीमा लगानीमा सहकार्य छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha