हेर्नुस् ‘लाल पुर्जा’ गीत, रिलिज मिति पनि तय

फिल्म ‘लाल पुर्जा’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । गीत सार्वजनिक गर्दै यस फिल्मको रिलिज पक्का गरिएको हो । निगम श्रेष्ठ निर्देशित लाल पुर्जाको माघ ४ गतेलाई प्रदर्शन मिति तोकिएको छ । मितेरी गीतको भिडियो हेर्नुस् :

जेसन कुँवरको शब्द तथा संगीत रहेको गीतमा कुँवर स्वयम्, अञ्जान बाबु सुवेदी, सुम्निमा सिंह, संगीत चौंलागाईं र पुष्पा पलाञ्चोकेको स्वर छ । भिडियोमा सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, मिरुना मगर लगायत कलाकारहरु प्रस्तुत छन् । विक्रम सिंह थारु र उमेश श्रेष्ठको संयुक्त निर्माण रहेको लाल पुर्जा लाई नरेन्द्र मैनालीले खिचेका हुन् । फिल्मले झगडालु दाजुभाईको कथा मितेरी गाउँको कथा बताउँनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha