बलिउडका वरिष्ठ अभिनेता शशि कपुरको निधन

बलिउडका वरिष्ठ अभिनेता शशि कपुरको ७९ वर्षको उमेरमा निधन भएको छ । कपुरको उपचारका क्रममा सोमबार मुम्बईस्थित कोकिलाबेन अस्पतालमा निधन भएको हो । उनको उनको साँझ ५ बजेर २० मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

कपुर विगत केही वर्षयता मृगौला सम्बन्धि रोगबाट ग्रस्त थिए । उनी डायलसिसको साहारामा थिए । उनी केही सातादेखी सिकिस्त थिए । आइतबार मात्रै नलाई अस्पताल भर्ना गरिएको थियो । दिवंगत कपुरको मंगलबार बिहान अन्त्यष्ष्टि गरिनेछ । स्व. शशी कपुरले सन् १९६१ मा ‘धर्मपुत्र’ फिल्मबाट बलिउडमा अभिनय यात्रा सुरु गरेका थिए । उनले डेढ सय फिल्ममा अभिनय गरेका छन् । शशी कपुरप्रति हार्दिक श्रद्धा सुमन !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha