धुर्मुस-सुन्तलीलाई कसले बनायो दुःखी ? पुरा पढ्नुस्

रौतहटको बाढी प्रभावित सन्तपुर बस्ती निर्माणमा लागेका सिताराम कट्टेल र कुञ्जना घिमिरेले त्यहाँबाट दुःख व्यक्त गरेका छन् । कुन कुरामा दुख्यो त समाजसेवी धुर्मुस सुन्तलीको मन ? सितारामले आफ्नो फेसबुकमा पोस्ट गरेको यो स्टाटस पढ्नुस् :


संसार भरीका लाखौं सहयोगी हातहरुको सहकार्यमा अहिले हामी रौतहटको सन्तपुरमा बाढी पीडितका लागि ‘एकीकृत नमुना सन्तपुर वस्ती’ निर्माण गरिरहेको सर्वविदितै छ । सयौं स्वयम सेवीहरुको साथमा हामी दुवै पति पत्नी रात दिन यहाँ खटिरहेका छौं । तरपनि धुर्मुस–सुन्तली फाउण्डेसनको विशुद्ध सामाजिक र गैर राजनैतिक पहिचानलाई विभिन्न क्षेत्रबाट धमिलो बनाउने कार्यले बेला बेलामा हामीलाई दुःखीत बनाउने गरेको छ ।  यसै प्रसंगमा केही अनलाईनहरुले आसन्न निर्वाचन र हामीलाई जोडेर जनतालाई अन्योल र हामीलाई विवादित बनाउने गरी भ्रामक समाचार सम्प्रेषण गरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । हामीहरुले कुनै राजनैतिक दल, समुह वा व्यक्तिलाई भोट हाल्न कहिं, कतै, कहिल्यै र कसैलाई पनि आह्वान गरेका छैनौं । ‘धुर्मुस–सुन्तलीले फलाना पार्टीलाई भोट माग्न आह्वान गरे’ भन्ने आसयको उक्त कपोलकल्पित समाचारप्रति हामी खेद प्रकट गर्दछौं । स्वतन्त्र नागरिक भएर विशुद्ध रूपमा सामाजिक काममा अघि बढिरहेको बेला यस प्रकारका समाचारले हामी लाई निकै दुःखी बनाएको छ ।

तसर्थ, यस्ता कपोलकल्पित, भ्रामक र नियोजित समाचारप्रति आपत्ती जनाउँदै माघ २४ गते हाम्रो वस्ती निर्माण पुरा गर्ने अठोटलाई सफल पार्न सधैं झैं तपाईंको साथ र सहयोगको अपेक्षा गर्दैछौं धन्यवाद ।’

धुर्मुस सुन्तलि 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha