वेनिशा हमालले फिर्ता गरिन् दुबई अवार्ड

मोडल तथा नायिका वेनिशा हमालले आफुले पाएको अवार्डको ट्रफी फिर्ता गरेकी छन् । हालै दुबईमा सम्पन्न म्युजिक भिडियो अवार्डमा वेनिशालाई पपुलर अभिनेत्रीको अवार्ड दिइएको थियो । उनले आफुले पाएको उक्त अवार्डको ट्रफी आयोजक सदस्यलाई नै फिर्ता गरेको बताइन् । किन त ?


‘म पपुलर अभिनेत्रीमा पर्दिंन । त्यसैले अपुलर अवार्ड लिन उचित लागेन’, वेनिशाले भनिन्, ‘अवार्ड जसले पाउनु पर्ने हो उसले पो पाउनु पर्छ त ।’ उसो त वेनिशा उत्कृष्ट म्युजिक भिडियो मोडलको विधामा पनि नोमिनेशनमा परेकी थिइँन । तर यो विधाको अवार्ड नम्रता सापकोटाले पाइन् । ‘मैंले उसलाई बधाई पनि दिएँ । तर म चाहिं त्यो विधाको लायक थिइँन ।’ यद्पी आयोजकले आफुलाई फिर्ता गरेको ट्रफी थमाएको उनले बताइन् । पाएको अवार्ड फिर्ता गर्न किन गइन् त वेनिशा दुबई ?

‘मलाई कुनै विधामा अवार्ड नदिएको भएपनि हुन्थ्यो । जुन विधामा दिइयो, त्यो विधामा म आफुलाई अवार्डको भागिदार ठान्दिंन’, उनले भनिन् । सबैलाई खुसी पार्न अवार्ड नै दिनुपर्छ भन्ने मान्यता त्याग्नु पर्ने बताउँदै वेनिशा थप्छिन्, ‘कमसेकम अवार्डको ईज्जत त राखौं !’

विदशेमा आयोजना हुने सबै जसो अवार्ड नपाउने कम र पाउने ज्यादा हुन्छन् । दुवईमा सम्पन्न म्युजिक भिडियो अवार्डमा पनि यो चलनले निरञ्तरता पायो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha