‘क्याप्टेन’ अनमोल, यो मितिमा हुनेछ रिलिज

अभिनेता भुवन केसीको होम प्रोडक्सन काजोल फिल्मसको ब्यानरमा बन्ने नयाँ फिल्म ‘क्याप्टेन’ मा युवा स्टार अनमोल केसी शिर्ष भूमिकामा प्रस्तुत हुने भएका छन् । पाँचौ फिल्ममा अनमोल ‘क्याप्टेन’ बन्ने भएका हुन् । कस्तो क्याप्टेन त ? ‘यो चाहिं पछि नै खुलाउँला’, निर्देशक दिवाकर भट्टराई भन्छन् ।

फागुनको पहिलो सातादेखि छायाँकन सुरु हुने क्याप्टेन मा अनमोल सहित दुई नायिकाको मुख्य भूमिका रहनेछ । निर्माता भुवन केसीले दुवै नायिका नयाँ रहने बताए । ‘हामी नयाँकै खोजीमा छौं’, भुवन भन्छन्, ‘अनमोललाई जोडी सुहाउँने र प्रतिभावान लाई अवसर दिन्छौं ।’ ‘कृ’ रिलिजबारे भुवन केसीको भनाई यस्तो छ : 

यस्तै उनले आउँदो वर्षको भदौमा पर्ने तीजमा क्याप्टेन लाई रिलिज गरिने समेत पिता केसीले जानकारी दिए । अनमोलको चौथो फिल्म ‘कृ’ को प्रदर्शन मिति माघ २६ लाई तोकिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha