‘माई लभ’ हेर्नुस्, जापान जानुस्

यही मंसीर २९ गते देखी प्रदर्शनमा आउने फिल्म ‘माई लभ’ ले प्रचारको नयाँ तरिका अपनाएको छ । निर्माण पक्षले घोषणा गरे अनुसार फिल्म हेर्ने दर्शक मध्ये एक जनाले जापान जाने सुवर्ण अवसर पाउनेछन् । गोलाप्रथा प्रणालीद्वारा विजेता घोषणा गरिने यो अवसरका लागि फिल्म हेरेको टिकट नम्वर र हलको नाम माई लभको फेसबुक पेजमा ट्याग वा ईन्वक्स गर्नुपर्ने छ ।

यस अवसरमा सहभागी मध्ये निर्माण टिमले गोलाप्रथा गरी एक जना भग्यशाली दर्शक छान्नेछ । ती भाग्यशाली दर्शकले आगामी अप्रील २५ तारिखमा जापानमा हुने ‘माई लभ’को शोमा सहभागी हुन पाउनेछन् । माई लभ ०७२ ले साल बैशाख १२ गते गएको भूकम्प र त्यसपछि उत्पन्न भएको अवस्थालाई चित्रण गरेको छ । फिल्मका कलाकार तथा निर्माता गणेश लामाले यस प्रकारको विषयले दर्शकको मन जित्ने बताए ।

पोखराको प्रेसमिटमा उनले भने, ‘सामान्यतः घरेलु आम फिल्म भन्दा भिन्न बिषय भएकाले पनि दर्शकका लागी फिल्म रोचक हुन सक्छ ।’ यता नायिका शितल श्रेष्ठले महत्वपुर्ण र जटिल बिषय उठाएको फिल्मबाट डेब्यु गर्न पाउने सौभाग्य भएको बताइन् ।

‘माई लभ’ लाई जापानी फिल्म मेकर तोसिआकी इतोहले निर्देशन गरेका हुन् । गणेश लामा, शितल श्रेष्ठ, रिवन मित्सुतानी लगाएतका कलाकारले फिल्ममा अभिनय गरेका छन् । निर्देशक इतोहले यस अघि ‘शिरिषको फूल’ निर्देशन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha