छोटो समयमा ‘कान्छी’ लाई ५० लाख, दंग छिन् श्वेता

बधाई ! फिल्म ‘कान्छी’ मा समावेश ‘चरी चट्ट परी’ गीतको भिडियोलाई युटुवमा पचास लाख बढीले हेरेका छन् । अपलोड भएको एक महिना दश दिनमै फिल्मको गीतलाई यति धेरैले हेरेपछि कान्छी अर्थात् नायिका एंव निर्मात्री श्वेता खड्का दंग छिन् । ‘सबै दर्शकप्रति आभारी छु । फिल्मलाई पनि यसरी नै माया गर्नुहुन्छ भन्ने विश्वास छ’, ‘कान्छी’ भन्छिन् । भिडियो :

आकाश अधिकारीको निर्देशन रहेको ‘कान्छी’ माघ २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा श्वेतासँग अभिनेता दयाहाङ राई मुख्य भूमिकामा प्रस्तुत भएका छन् । पति श्रीकृष्ण श्रेष्ठको निधन पछि श्वेता ‘कान्छी’ लिएर फर्किएकी हुन् । श्वेता र दयासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha