विकास वोर्ड अध्यक्षमा निकिता पौडेल नियुक्त

चलचित्र विकास बोर्ड अध्यक्षमा निकिता पौडेल नियुक्त भएकी छन् । सोमबार बसेको मन्त्रि परिषद्को बैठकले पौडेललाई विकास वोर्ड अध्यक्षमा नियुक्त गरेको हो । गोपीकृष्ण टिभी फिल्मी, गोपीकृष्ण मुभिज र नेपाल चलचित्र विकास कम्पनिको अध्यक्ष समेत रहेकी निकिता विकास वोर्डको पहिलो महिला अध्यक्ष हुन् ।


जेठ २४ मा निवर्तमान अध्यक्ष राजकुमार राईको कार्यकाल सकिए पछि वोर्ड केहि महिना अध्यक्ष विहिन भएको थियो । त्यस लगत्तै संचार मन्त्रालयले कामचलाउ अध्यक्षमा रुपमा चलचित्र जाँचपास समितिका अध्यक्ष तथा संचार मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई नियुक्ति गरेको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha