‘मिस्टर झोले’ ट्रेलरमा के छ ?

रामबाबु गुरुङ निर्देशित फिल्म ‘मिस्टर झोले ‘को ट्रेलर रिलिज गरिएको छ । दयाहाङ राई, दिया पुन, बर्षा बुद्धि तामाङको मुख्य भूमिका रहेको फिल्मको प्रोमोमा कमेडी पञ्च पुग्ने गरी हालिएको छ । प्रोमो हेर्नुस् :

सिनेमा आर्ट र टेकेन्द्र खड्का प्रोडक्सनको संयुक्त निर्माण रहेको ‘मिस्टर झोले’ मा दयाहाङ, दिया, बुद्धि र बर्षा सँगै विजय बराल, प्रविण खतिवडा, अरुणा कार्की, पुष्कर गुरुङ लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा रौनक विक्रम कंडेल कार्यकारी निर्माताको रुपमा रहेका छन् भने टेकेन खड्का निर्माता हुन् । निर्देशक गुरुङकै कथा तथा स्क्रिप्ट रहेको ‘मिस्टर झोले’ पौष २८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha