कस्तो होला सन्ध्या केसीको कमब्याक ?

भिजे तथा मोडल सन्ध्या केसीले अनमोल केसीको ‘ड्रिम्स’ मार्फत फिचर फिल्ममा डेव्यु गरिन् । उक्त फिल्ममा उनी साम्राज्ञी पछिकी मुख्य नायिकाका रुपमा थिइन् । साम्राज्ञी एकाएक हिट भइन्, सन्ध्या कता हराइन् ?

हराएकी सन्ध्याले फिल्म ‘हेप्पी न्यु ईयर’मा अभिनय गरेकी छन्, त्यो पनि सोलो हिरोइन भएर । सन्ध्या सँगै दुई नायक कुशल थापा र पुकार गौतमको फिल्ममा मुख्य भूमिका छ । देव कुमार श्रेष्ठ निर्देशित फिल्म नयाँ वर्षको दिन घटेको एउटा घटना माथि आधारित छ । कस्तो होला त सन्ध्याको कम ब्याक ? पौष १४ सम्म प्रतिक्षा गरौं । यो मितिदेखि फिल्म अल नेपाल रिलिज हुँदैछ । ‘हेप्पी न्यु ईयर’ को प्रोमो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha