सविनको ‘हिरो रिटन्र्स’ : रिलिज डेट पाउँनै मुस्किल

नायक सविन श्रेष्ठले फिल्म ‘हिरो रिटन्र्स’ बनाएका छन् । ‘हिरो’ डेव्यु अभिनेत्री रेखा थापालाई लिएर सविनले बनाएको फिल्मको सबै काम सकिएको छ । तर प्रदर्शन मिति भने अझै पक्का भएको छैन । किन त ?

‘उही त हो, रिलिज डेट को अभाव’, सविनसँग फिल्म निर्माणमा सहकार्य गरेका चन्द्र गौतम दुखेसो गर्छन् । उसो त सविन पनि आफुले बनाएको पहिलो फिल्मको रिलिज मितिलाई लिएर चिन्तित छन् । तर के गर्नु रिलिज डेट पाउँनै गाह्रो । तरपनि सविन भन्छन्, ‘यही वर्ष फिल्म रिलिज गर्छु ।’ आशिष भेटवाल निर्देशित ‘हिरो रिटन्र्स’ मा रेखा, सविन र अर्का नायक दिल श्रेष्ठको अभिनय रहेको छ । फिल्मको शिर्ष गीत सुन्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha