पौष १४ थपियो ‘मन त परदेशी’

पौष १४ गते नयाँ फिल्म थपिएको छ । ‘मन त परदेशी’ नामक फिल्मले प्रदर्शन मिति तोक्दै प्रचार समेत सुरु गरेको छ । अब पौष चौधमा ‘हेप्पी न्यु ईयर’ र ‘मन त परदेशी’ बिच प्रतिस्पर्धा हुनेछ ।


दुर्गा बहादुर खड्काले निर्माण गरेको ‘मन त परदेशी’ लाई देव नेपालले निर्देशन गरेका छन् भने अभिनय नयाँ कलाकारको रहेको छ । लेखन पनि निर्देशक नेपालकै हो । परदेशमा बस्ने नेपालीको देशप्रतिको मायालाई फिल्मले देखाउँन खोजेको छ ।

पौष १४ मै ‘हेप्पी न्यु ईयर’ र ‘मन त परदेशी’ सँगै ‘आरोप’ नामक अर्को फिल्म पनि प्रदर्शनमा आउँदैछ । तीन फिल्मले मध्ये कसले पाउँला दर्शकको साथ ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha