‘पिंजडा ब्याक अगेन’ प्रोमो : तान्ला दर्शक ?

निखिल उप्रेती स्टारर फिल्म ‘पिंजडा ब्याक अगेन’को प्रोमो रिलिज गरिएको छ । मंगलबार आयोजना गरिएको प्रोमो लञ्च प्रेसमिटमा अभिनेता उप्रेती भने उपस्थित थिएनन् । निर्देशक हिमाल केसी, नायिका सारा शिर्पाली, निर्माता श्रीराम बराल लगायत टिम प्रेसमिटमा उपस्थित थिए । प्रोमो यस्तो बनेको छ :

माघ ४ गते प्रदर्शन हुने पिंजडा ब्याक अगेन को ट्रेलर कर्मसियल छ । एक्सन, कमेडी, रोमान्स, विछोडको भाव ट्रेलरमा महसुश गर्न सकिन्छ । मौनता श्रेष्ठको लेखन रहेको फिल्ममा निर्देशक हिमाल केसीको द्धन्द्ध निर्देशन तथा सौरभ लामाको छायाँकन । निखिल र सारासँगै पुकार भट्टराई, ज्याक श्रेष्ठ, भोलाराज सापकोटा र कुशाग्र भट्टराई लगायत कलाकारहरुले ‘पिंजडा ब्याक अगेन’मा अभिनय गरेका छन् ।

फिल्म निर्माणमा रमेश सुवेदी, बाबुराज सिंह, बसन्त शर्मा, सुशान्त श्रेष्ठ, रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर खत्रीले सहकार्य गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha